मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेकपा (माओवादी केन्द्र) कालिञ्चोक गाउँपालिकाको तेस्रो ऐतिहासिक पालिका सम्मेलन तथा जनतासँग माओवादी जागरण अभियान उद्घाटन समारोह सम्पन्न
नेकपा (माओवादी केन्द्र) कालिञ्चोक गाउँपालिकाको तेस्रो ऐतिहासिक पालिका सम्मेलन तथा जनतासँग माओवादी जागरण अभियान उद्घाटन समारोह सम्पन्न
थाङ्मीचागु डटकम सम्बादाता बिहिवार २९ फागुन २०८१
कालिञ्चोक, दोलखा – नेकपा (माओवादी केन्द्र) कालिञ्चोक गाउँपालिकाको तेस्रो ऐतिहासिक पालिका सम्मेलन तथा जनतासँग माओवादी जागरण अभियान दोलखाको भव्य उद्घाटन समारोह २०८१ फाल्गुन २९ गते कालिञ्चोकमा सम्पन्न भएको छ।
समारोहमा पार्टीका शीर्ष नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताको समस्यासँग जोडिएका विषयहरू, तथा भविष्यका योजनाहरूबारे गहन छलफल भएको थियो।
उक्त अवसरमा सम्बोधन गर्ने नेताहरूले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई बलियो बनाउन, जनतासँग प्रत्यक्ष जोडिन, र माओवादी आन्दोलनलाई नयाँ युगमा लैजान जागरण अभियानको विशेष महत्व रहेको बताएका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, युवा, महिला, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
जनताको अधिकारका लागि संघर्ष जारी रहने प्रतिबद्धता
कार्यक्रमका प्रमुख वक्ताहरूले माओवादी केन्द्रको राजनीतिक धारणा, जनताको मुद्दा, समाजवादको मार्गचित्र तथा संगठन विस्तारको आवश्यकताबारे प्रकाश पार्दै जनतासँग प्रत्यक्ष संवादलाई अझ प्रभावकारी बनाइने बताएका छन्।
उक्त सम्मेलनले कालिञ्चोक गाउँपालिकाका विभिन्न वडाहरूमा संगठन विस्तार, स्थानीय तहमा जनसरोकारका विषयहरू उठाउने रणनीति तय गरे हो ।





