मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
सिराहाको परेवा भिरस्थित देवी मन्दिर निर्माण सम्पन्न, भक्तजनको आगमन बढ्दै
सिराहाको परेवा भिरस्थित देवी मन्दिर निर्माण सम्पन्न, भक्तजनको आगमन बढ्दै
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,फाल्गुन २६
सिराहा जिल्लाको धनगढीमाई १३ परेवा भिर स्थित देवी मन्दिर निर्माणको लागि धनगढीमाई १२ निवासी म विनोद मण्डलको फेसबुक पेजबाट अभियान विक्रम सम्वत २०८१ माघ १ गते थालिएको थियो ।
दाताहरुको सहयोग उक्त दिनको बेलुका ७ बजेर ३५ मिनेटको समयमा काठमाण्डौ निवासी झविन्द्र सुवेदी ज्यूले एक मुस्ट दस हजार प्रदान गरेपछि धमाधम अभियान अगाडि बढेको थियो ।
रकम जम्मा हुँदै गएपछि विक्रम सम्वत २०८१ माघ २१ गते विधिपूर्वक नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव शिवदयाल यादव , धनगढीमाई, १३ का वडा अध्यक्ष सुर्यमान तामाङ , वडा सदस्य सन्तोष पूर्वछाने मगर ज्यूको संयुक्त बाहुकमलबाट मन्दिरको शिलान्यास गरिएको थियो ।
पण्डितहरू लक्षमण काफ्ले, लोकनाथ सुवेदी लगायतले मन्त्रोचारण गरी विधिपूर्वक पूजापाठ गरी मन्दिर शिल्यानास कार्यक्रम सम्पन्न गराउनु भएको थियो । उक्त समयमा स्थानिय समाजसेवी विशाल राई , युवराज खत्री ,युवराज तिमल्सिना , पान बहादुर मगर लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
मन्दिर निर्माण अन्तर्गत मिस्त्रीको भूमिकामा जोख बहादुर राई, पूर्ण बहादुर तामाङ, शारदा प्रसाद तिमल्सिना र ईन्द्र बहादुर मगर रहेका थिए ।
विक्रम सम्वत २०८१ माघ ३० गते छत ढलानको कार्य सम्पन्न भएको थियो ।उक्त छठ ढलानको लागि प्लाईको सम्पूर्ण ब्यबस्थापन निःशुल्क स्थानिय डावर निवासी निर्मल ठकुरी ज्यूले मिलाउनु भएको थियो ।
विक्रम सम्वत २०८१ फाल्गुन १६ गते विधिपूर्वक पूजा पाठ गरी पत्रकार विनोद मण्डल र वडा सदस्य सन्तोष मगर ज्यूले छतको सेटिङ खोलेपछि प्लास्टरको कार्य थालिएको थियो ।
विक्रम सम्वत २०८१ फाल्गुन १९ गते औपचारिक रूपमा मन्दिरको प्लास्टर लगायतको सम्पूर्ण कार्य सम्पन्न भएको थियो ।
विक्रम सम्वत २०८१ फाल्गुन २२ गतेदेखि मन्दिरमा प्राईमरको कार्य सम्पन्न भई विक्रम सम्वत २०८१ फाल्गुन २३ गते रातो रङरोगन सम्पन्न गरिएको थियो ।
एतिहासिक ,धार्मिक ,सांस्कृतिक र पर्यटकिय स्थलको रूपमा रहेको यस ठाउँमा मन्दिर निर्माण सम्पन्न भएपछि भक्तजनहरूको आगमन नियमित हुँदै आएको छ । यस ठाउँमा सिता दह, साफा , परेवा भिर लगायतको धार्मिक स्थलहरू रहेको छ ।





