मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
किरात समुदायकाे आस्थाकाे केन्द्र : पाथिभरामा(मुकुम्लुङ) केवलकार निर्माणको विरोधमा आन्दोलन चर्कियो
थाङ्मीचागु डटकम सम्बादाता १५ माघ मंगलबार २०८१
[सन्तोष ठान्टी थाङ्मी]
नेपालको मूलवासी किराँती समुदायको आस्थाको धरोहर मुकुम्लुङ (पाथिभरा) मा जबर्जस्ती केवलकार निर्माण गर्न खोजेपछि स्थानीय बासिन्दा र समग्र किराँती धर्मप्रति आस्था राख्ने समुदाय आन्दोलित भएका छन्। ग्लोबल आइएमई बैंकका सञ्चालक चन्द्र ढकालकाे मूख्य लगानी रहेकाे पाथीभरा मुकुम्लुङमा केवलकार निर्माण गरि सञ्चालन गर्न खोजेपछि स्थानीयले पहिलादेखि नै तीव्र असहमति जनाउदै आइरहेका थिए ।
किराँती धर्मावलम्बीहरुले पाथीभरा (मुकुम्लुङ)लाई आफ्नो सांस्कृतिक आस्था र पहिचानको प्रतीक मान्दै केवलकार योजनाको विरोध गरिरहेका छन् भने केवलकार निर्माण व्यवसायीले राज्य शक्तिकाे दुरुपयाेग गर्दै सुरक्षाकाे नाममा प्रहरी लगाई स्थानीय बासिन्दाकाे असहमतिकाे बावजुत पनि बेवास्ता गर्दै बलजफ्ती योजनालाई अघि बढाउन खोज्दा आन्दोलन चर्किएको हाे। यस क्रममा सुरक्षामा खटेका सुरक्षाकर्मी प्रहरीले तनावग्रस्त स्थिति नियन्त्रण मा लिन खोज्दा गोली प्रहार गरेको छ, जसका कारण तीन जना आन्दोलनकारी गम्भीर घाइते भएका छन्।
स्थानीयको गम्भीर आपत्ति र विरोध हुँदाहुँदै पनि निर्माण कम्पनीले केवलकार निर्माण अगाडि बढाउन खोज्दा आन्दोलन ले हिंसात्मक रूप लिएको हो। उक्त क्षेत्रमा आन्दोलन चर्किए पछि दैनिक यातायातका सवारी साधन सञ्चालन बन्द भएको छ।
आन्दोलनको असर ताप्लेजुङको बासिन्दाको दैनिक जनजीवनमा समेत परेको छ। आज ताप्लेजुङ जाने सम्पूर्ण सवारी साधनहरू ठप्प भएका छन्। तम्मर कोरिडोर हुँदै ताप्लेजुङमा कुनै पनि सवारी साधन प्रवेश गर्न रोक लगाइएको छ
नेपाल जनमुक्ति पार्टीका प्रदेश-१ का उपसभापति राखी नेवाङले थाङ्मीचागु डट कमलाई दिएको जानकारीअनुसार, राज्यले जबर्जस्ती केवलकार निर्माणको योजना अघि बढाएर किराँती समुदायको संस्कृति, धर्म, र पहिचानमाथि गम्भीर आघात पुर्याएको बताउनुभयो।। नेवाङले स्थानीय बासिन्दा र पहिचानवादी समुदायहरूको आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै भनेका छन्, “मुकुम्लुङ हाम्रो आस्थाको केन्द्र हो, यो केवल एउटा धार्मिक स्थल मात्र नभई हाम्रो इतिहास र पहिचानको प्रतीक हो। राज्यले हाम्रो आस्थामाथि टेक्दै दमन गरेर आफ्नो नीतिहरू थोपर्न खोजेको हामीले कहिल्यै स्वीकार गर्न सक्दैनौं।”
उहाँका अनुसार, राज्य सत्ताको बलजफ्तीले स्थानीय समुदायलाई थप आन्दोलित बनाएको छ। आन्दोलन दबाउन गरिएको गोली प्रहार, दमन, र अन्यायको विरोध गर्न नेवाङले किराँती समुदायसँगै अन्य पहिचानवादी शक्तिहरूलाई पनि एकजुट हुन आग्रह गर्नुभएको छ। राज्य शक्तिको हातमा केवलकार निर्माण कम्पनीका सञ्चालकले प्रभावित स्थानीय जनताको आवाजलाई दमन गरी निर्माण कार्य अगाडि बढाउनु र स्थानीय आन्दोलनकारी युवाहरूमाथि प्रहरी लगाई निर्ममतापूर्वक गोली प्रहार गर्नु मानवीय संयमताको घोर उल्लंघन गरिएको देखिएको छ ।स्थानीयहरूले स्पष्ट रूपमा बताएका छन् कि मुकुम्लुङ केवलकार परियोजनालाई कुनै पनि हालतमा स्वीकृति दिने छैनौँ, भनेका छन्, “राज्यले हामीमाथि भएको दमनको मुखदर्शक भएर बस्दछ भने स्थानीय जनताको अधिकारलाई कुण्ठित पार्ने काम गर्दछ भन्ने हामी हाम्रो शान्तिपूर्ण आन्दोलनमा घुसपैट गराई हिंसात्मकता तिर धकेलेमा जिम्मा स्वयं कम्पनीले लिनुपर्ने कुरा बताउँदै आइरहेका छन्। आन्दोलनको क्रममा घाइते भएका युवाहरूको यथासिघ्र जीवन रक्षाको लागि राज्यपक्षबाट उपचार गरिनुपर्ने, र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आइरहेका छन्। नेपालको संविधानले स्थानीय जनताको प्राकृतिक स्रोत साधन, धर्म संस्कृतिको र ऐतिहासिक धरोहर हरूको संरक्षण गर्न पाउने नैसर्गिक अधिकारमाथि अंकुश लगाउने कार्य संविधानको भावना र मर्म विपरीत छ।





