नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
विद्युत प्राधिकरणमा कार्यकक्ष बनाएर ऊर्जामन्त्री खड्काले थाले काम
विद्युत प्राधिकरणमा कार्यकक्ष बनाएर ऊर्जामन्त्री खड्काले थाले काम
थाङमिचागु डटकम संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणको मुख्यालय, कटारी, भद्रकालीस्थित कार्यालयमा आफ्नो कार्यकक्ष स्थापना गरेर काम सुरु गरेका छन्।
ऊर्जामन्त्रीको कार्यालय प्राधिकरणको मुख्यालयमै स्थानान्तरण भएपछि, मन्त्रीले ऊर्जा क्षेत्रमा थप सुधार, विद्युत उत्पादन र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउनका लागि निर्देशनात्मक भूमिकामा सहयोग पुर्याउने बताएका छन्।
मन्त्री बस्नेतले यस कदमले ऊर्जा क्षेत्रको विकासमा थप प्रभावकारीता ल्याउने विश्वास व्यक्त गरेका छन्। उनले मन्त्रालय र प्राधिकरणबीच समन्वयलाई सुदृढ बनाउँदै ऊर्जा क्षेत्रमा भएका विभिन्न समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने उल्लेख गरेका छन्।
यसले ऊर्जा मन्त्रालय र प्राधिकरणबीचको समन्वयलाई थप मजबुत बनाउन योगदान दिने विश्वास गरिएको छ।





