७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Saturday, October 17, 2026
नगरपालिकाले स्थानीयवासीको आग्रहमा पक्की पुल अनि गोरोटो बनाएको स्थानीय लाई सहज
नगरपालिकाले स्थानीयवासीको आग्रहमा पक्की पुल अनि गोरोटो बनाएको स्थानीय लाई सहज

कालेबुङ नगरपालिका क्षेत्रको वार्ड नम्बर 14 मा रहेको बाँसको फड्के अब पक्की पुलमा परिणत भएको छ। यसअघि स्कुले बालबालिका र वृद्धवृद्धाहरूका लागि यस फड्के पुल हुँदै ओहोरदोहोर गर्न निकै कठिनाइ हुने गथ्र्यो।
स्थानीयवासीहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले यस स्थानमा पक्की पुल निर्माण गरेर गोरोटो समेत बनाएको छ। यसले स्थानीयहरूको दैनन्दिन आवतजावतलाई सहज बनाउनुका साथै सुरक्षा र सुविधा पनि बढाएको छ।
पुल निर्माण भएपछि विद्यालय जाने विद्यार्थीहरू र अन्य स्थान जाने बासिन्दाहरूलाई ठूलो राहत मिलेको छ। यस परियोजनाले समुदायको जीवनस्तर सुधार गर्न योगदान पुर्याएको छ।





