नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
Saturday, August 29, 2026
त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला
त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला
थाङमिचागु डटकम संवाददाता

कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान नजिक आइतबार अन्दाजी ३५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। हालसम्म मृतकको नाम, थर, र ठेगाना खुलेको छैन।
प्रहरी वृत्त कीर्तिपुरले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। शवको सनाखतका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
घटनाको थप विवरण र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जानकारी प्रहरीले दिएको छ।





