नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
साढे ३ घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले छाड्यो बालेनका समर्थक
साढे ३ घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले छाड्यो बालेनका समर्थक
थाङकिचागु डटकम संवाददाता
२०८१ असोज १ गते १७:४१

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएको करिब साढे ३ घण्टापछि प्रहरीले उनीहरुलाई छाडेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले नियन्त्रण लिइएका सबैलाई छाडिएको हो । उनका अनुसार सुरुमा १३ जना र पछि १ जना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको थियो ।
मंगलबार इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर युवाहरु पुगेका थिए ।
त्यसपछि उनीहरुलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो । स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो । दिउँसो साढे १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले ५ बजेतिर छाडेको हो ।





