नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नेकपा माओवादी केन्द्रको जिकिर , ‘दोलखामा गठबन्धन सफल, मतदातालाई धन्यवाद

जिरी (दोलखा) । नेकपा माओवादी केन्द्र दोलखाले स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको हिजो बसेको बैठकले दोलखामा तीनदलीय गठबन्धन सफल भएको निष्कर्ष निकालेको हो । गत स्थानीय तह निर्वाचनमा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका बाहेक अन्य पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको त्रीपक्षीय गठबन्धन भएको थियो । स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको भन्दै माओवादी दोलखाले आगामी असार १ गते सम्पन्न हुन लागिरहेको जिल्ला समन्वय समितिको निर्वाचनमा पनि पूर्वसहमति अनुसार जाने बताएको छ । निर्वाचन सम्पन्न भएको एक महिना पुग्नै लाग्दा आज पार्टीका जिल्ला संयोजक कुल बहादुर बुढाथोकीले विज्ञप्ती जारी गरी हिजो बसेको बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो । विगतको तुलनामा गठबन्धनसँगै माओवादी केन्द्र पनि सफल भएको निर्वाचनको परिणामले देखाएको माओवादीले जनाएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा दोलखामा माओवादी केन्द्रले ९ वटा पालिकामा ३ पालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ७४ वडा रहेकोमा २२ वटा वडामा जित निकालेको थियो ।
हिजो बसेको बैठकले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र मतदातालाई बधाई ज्ञापन गर्दै जनप्रतिनिधिहरुलाई जनताको सेवक बनेर काम गर्न निर्देशन पनि दिएको छ ।






