नेकपा माओवादी केन्द्रको जिकिर , ‘दोलखामा गठबन्धन सफल, मतदातालाई धन्यवाद

0Shares

जिरी (दोलखा) । नेकपा माओवादी केन्द्र दोलखाले स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको हिजो बसेको बैठकले दोलखामा तीनदलीय गठबन्धन सफल भएको निष्कर्ष निकालेको हो । गत स्थानीय तह निर्वाचनमा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका बाहेक अन्य पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको त्रीपक्षीय गठबन्धन भएको थियो । स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको भन्दै माओवादी दोलखाले आगामी असार १ गते सम्पन्न हुन लागिरहेको जिल्ला समन्वय समितिको निर्वाचनमा पनि पूर्वसहमति अनुसार जाने बताएको छ । निर्वाचन सम्पन्न भएको एक महिना पुग्नै लाग्दा आज पार्टीका जिल्ला संयोजक कुल बहादुर बुढाथोकीले विज्ञप्ती जारी गरी हिजो बसेको बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो । विगतको तुलनामा गठबन्धनसँगै माओवादी केन्द्र पनि सफल भएको निर्वाचनको परिणामले देखाएको माओवादीले जनाएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा दोलखामा माओवादी केन्द्रले ९ वटा पालिकामा ३ पालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ७४  वडा रहेकोमा २२ वटा वडामा जित निकालेको थियो ।

हिजो बसेको बैठकले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र मतदातालाई बधाई ज्ञापन गर्दै जनप्रतिनिधिहरुलाई जनताको सेवक बनेर काम गर्न निर्देशन पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *