नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कालिञ्चोक १ मा अविरल वर्षाले सडक अवरुद्ध, जनजीविका संकटमा; सम्बन्धित निकायको ध्यानाकर्षण
कालिञ्चोक १ मा अविरल वर्षाले सडक अवरुद्ध, जनजीविका संकटमा; सम्बन्धित निकायको ध्यानाकर्षण

थाङ्मीचागु डटकम सम्बादाता २७ भदौ २०८१ कालिञ्चोक १ क्षेत्रमा गए रातीको अविरल वर्षाले व्यापक क्षति पुर्याएको छ। भारी वर्षासँगै दम्वा खोला, क्याङपोल, यावालखोला, वडा कार्यालय र छिपुङ जान्ने सडक अवरुद्ध भएका छन्। सुर्योदय मा,वि जाने बाटोको खोलाको ढुङ्गे साघु बगाएको छ, जसले गर्दा यातायातका साधनहरू संचालनमा समस्या आएको छ।

यसका साथै, आर्कापोले र दोर्गेल खोला आसपासका क्षेत्रका गाईवस्तु राख्ने गोठ र केही घरहरूमा पनि क्षति पुगेको छ। विपद व्यवस्थापनबाट केही पाल र प्लास्टिक वितरण गरिएको भए पनि, सडकको अवरुद्धता तत्काल समाधान गर्न आवश्यक छ।

सडक सुचारू नभए दैनिक जीवनका आवश्यक सामग्रीहरूको आपूर्ति संकटमा पर्ने जोखिम छ। विशेष गरी सुत्केरी गराउने र बिरामीलाई सिगटी, चरिकोट लान समस्या भएको छ। खाद्यान्न, नुन र तेलको अभाव थप संकट ल्याउन सक्ने सम्भावना छ।

सम्बन्धित निकायहरूलाई यो स्थितिको गम्भीरता बुझ्न र तुरुन्त राहतका लागि आवश्यक कदम चाल्नका लागि अनुरोध गरिएको छ। स्थानीय प्रशासन, सडक निर्माण कम्पनी र विपद व्यवस्थापन अधिकारीहरूलाई यस समस्यामा शीघ्र ध्यान दिन र प्रभावकारी समाधान निकाल्नको लागि आग्रह गरिएको छ।






