गोरु काटेको आरोपमा पक्राउ परेकालाई रिहाई गर्न माग

0Shares

दुई साता अगाडी गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेकालाई विना शर्त हिरासतमुक्त गर्न मंगोल नेशनल अर्गनाइजेशनले माग गरेको छ । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही गाउँपालिका–६,दुखुबेसीका नौजनालाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया सुरू गरेपछि बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै अहिन्दुको हित विपरित काम नगर्न माग गरिएको छ ।

जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले मंगोल मौलिक, धर्म, संस्कार र संस्कृतिमा गोरूले कुल पुज्ने परम्परा रहेकाले मौलिकतामा प्रहार गदै पुर्खा देखि चलि आएको संस्कारमा हस्तक्षेप नगर्न माग गर्नुभयो ।‘मंगोलको संस्कार माथि प्रहार भइरहेको छ,‘गोरु काटेकै आरोपमा पक्राउ गरी धर्म निरपेक्षताको खिल्ली उडाइएको छ’ पुनले भन्नुभयो ।

मंगोलले आफ्ना कार्यकर्तालाई तत्काल रिहाई गरी सहज वातावरण बनाउन समेत माग गरेको छ। ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई दुईवटा गोरु काट्दै गरेको अवस्थामा ५ महिलासहित ९ जनालाई पशुपंक्षी सम्वन्धी कसुर मुद्दा दर्ता गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *