डा. सन्दुक रुइतद्वारा कर्णालीमा नेत्र रोग विभाग उद्घाटन: मोतियाविन्दुको शल्यक्रियामा पहुँच विस्तार

0Shares

डा. सन्दुक रुइतद्वारा कर्णालीमा नेत्र रोग विभाग उद्घाटन: मोतियाविन्दुको शल्यक्रियामा पहुँच विस्तार

जुम्ला — विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा. सन्दुक रुइतले सेवा सधैँ जनमुखी हुनुपर्ने बताएका छन्। उनले आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्दै उक्त कुरा व्यक्त गरेका हुन्।

डा. रुइतले प्रतिष्ठानमा आँखा विभागको स्थापना कर्णालीवासीका लागि ठूलो उपलब्धि भएको बताए। उनले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे। “अबको एक वर्षमा कर्णालीका दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गर्न प्रतिष्ठान सक्षम हुनेछ,” उनले भने। साथै, उनले कर्णालीका दुर्गम गाउँबस्तीमा आँखा सेवाको विस्तारका लागि आफू सधैं सहयोग गर्न तयार रहेको बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलका अनुसार तिलगङ्गा आँखा अस्पताल र फ्रेड हलोज अस्ट्रेलिजको सहयोगबाट प्रतिष्ठानमा नेत्र रोग विभाग स्थापना सम्भव भएको हो। “अब जुम्लामै मोतियाविन्दुको नियमित शल्यक्रिया र उपचार सेवा उपलब्ध हुनेछ, जसले दुर्गम क्षेत्रका नागरिकलाई आँखाको उपचारका लागि बाहिर जानुपर्ने आवश्यकता हटाउनेछ,” उनले भने।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आँखा उपचारमा रेफर गर्ने बाध्यता हटेको जानकारी दिए। स्थानीय तहमा सञ्चालन भएका आँखा शिविरबाट छनोट गरिएका ४० जनाको मोतियाविन्दुको शल्यक्रिया समेत जुम्लामै सम्पन्न गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *