बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
Saturday, September 12, 2026
सुखिपुर नगर अस्पतालको परिसर वनमाराको घारीमा परिणत ।
सुखिपुर नगर अस्पतालको परिसर वनमाराको घारीमा परिणत ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ २३ । सिराहा जिल्लाको सुखिपुर नगर अस्पतालको परिसरमा सरसफाइको अभाब देखिएको छ ।
जिरोमाईल बारियारपट्टी सडक खण्डको सुखिपुर स्थित मुख्य सडकको समीप पछिम छेउमा रहेको अस्पतालको पछिमी गेट र पूर्वी गेट खुल्ला रहेको छ भने परिसरको उत्तरी र दक्षिणी भागमा वनमारा घारी रहेको छ ।
परिसरको शौचालयको माथिल्लो भागमा रुख बिरुवा हलक्क बढेको अवस्था हुनका साथै परिसरको पछिमि गेट भित्र बाटो हिलाम्मे देखिएको छ ।
अस्पतालको उत्तर छेउमा रहेको सडकमा पानी जमेको कारण स्थानियलाई आवत जावतमा कठिनाई हुँदै गर्दा समेत निकाय मौन बसेको अवस्था छ ।
नगर अस्पतालको हालत बिग्रँदै गर्दा समेत स्थानिय सरकारको ध्यान केन्द्रित हुन सकेको छैन ।तस्बिरहरू हेर्नुस्








