नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
सिरहाबाट २९० किलो अवैध गाँजासहित एकजना पक्राउ
सिरहाबाट २९० किलो अवैध गाँजासहित एकजना पक्राउ
थाङमिचागु डटकम संवाददाता

२३ भदौ, जकपुरधाम। सिरहाको कर्जन्हा नगरपालिकाबाट २९० किलो गाँजासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ११ का ३७ वर्षीय प्रदीप मुखिया छन् ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार आज दिउँसो गाउँकी शोभाकुमारी साहको घरपछाडि गाँजा लुकाइ छिपाई राखिएको गोप्य सूचनाको आधारमा प्रहरीले आज छापा मारेर नियन्त्रणमा लिएको हो ।
प्लास्टिकको १९ वटा पोकामा अन्दाजी २९० किलोग्राम गाँजा बरामद गरेको डिएसपी सापकोटाले बताए ।
पक्राउ परेका मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





