नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
अभिभावकविहिन बालबालिकालाई शिक्षाको ज्योति छर्दै सहिद स्मृति आवासीय मावि

जिरी (दोलखा) । सहिद स्मृति आवासीय माध्यमिक विद्यालय सहिदका बालबालिका र बाबुआमा गुमाएका टुहुराको सहारा बनेको छ ।
बागमती प्रदेशभित्र पर्ने एक मात्र सहिद स्मृति आवासीय माविमा यो वर्ष २६ जना बालबालिका थपिने भएका छन् ।दोलखाको जिरी नगरपालिकामा सञ्चालनमा रहेको सहिद स्मृति आवासीय माविमा शैक्षिक सत्र २०७९ मा २६ जना विद्यार्थी थपिने भएका हुन् । सहिद स्मृतिमा शैक्षिक सत्र २०७९ को लागि मापदण्ड पुगेर आएका नयाँ भर्ना आवेदनहरुमध्येबाट यही जेठ २२ गते बसेको गुठी सञ्चालक समितिको बैठकको निर्णय अनुसार २६ जना छनौट भएका छन् । ९६ जनाको आवेदन परेकोमा यो पटक दोलखा, रामेछाप, सिन्धुली सहित ७ जिल्लाका २६ जना बालबालिका छनौटमा परेको सहिद स्मृति आवासीय माविका प्रधानाध्यापक केन्द्रज्योति खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सहिद स्मृति माविमा बागमती प्रदेशका १३ जिल्ला र प्रदेश १ को सोलुखुम्बु र ओखलढुंगा तथा प्रदेश २ का ६ वटा जिल्लाका गरी २१ जिल्लाका बालबालिकाले सहिद स्मृति मावि जिरीमा अध्ययन गर्न पाइनेछन् ।
तर, शहिद स्मृति आवासीय माविले जनयुद्ध तथा जनआन्दोलनका सहिद, वेपत्ता, घाइते तथा अपाङ्गता भएका परिवारको बालबालिका र बुबाआमा गुमाएका अभिभाविक विहिन वालवालिकालाई मात्रै शिक्षा प्रदान गर्दै आएको छ । साथै, यो विद्यालयमा २०७२ सालको विनाशकारी भूकम्पमा परि बाबुआमा गुमाएका, लोपोन्मुख, अति सिमान्तकृत, दलित, विपन्न पारिवारका बालबालिकाहरुलाई आवासीय सुविधा सहित निशुल्क शिक्षा प्रदान गर्दै आएको छ । सोही अनुसार वर्षेनी नयाँ विद्यार्थीहरु पनि थप गर्ने गरिएको छ ।
सहिद स्मृति आवसीय मावि सहिदका बालबालिका र बाबुआमा गुमाएका टुहुराको सहारा बनेको छ। दोलखाको जिरी नगरपालिकामा सञ्चालनमा रहेको सहिद स्मृति आवासीय माविमा शैक्षिक सत्र २०७९ मा २६ जना विद्यार्थी थपिने भएका छन् । देशभर ५ वटा सहिद स्मृति आवासीय मावि सञ्चालनमा रहेकोमा बागमती प्रदेशमा एउटा पर्दछ । जुन नेपाल सरकारको पूर्ण अनुदानमा द्धन्द्धपिडित शिक्षा कार्यक्रम अन्तर्गत २०६६ सालदेखि जिरी ६ स्थित बुलडाँडामा सञ्चालनमा रहेको छ । करिब १३/१४ जिल्लाका बालबालिका रहेका सहिद स्मृति आवासीय माविमा कक्षा १ देखि १० सम्म पठनपाठन हुँदै आएको छ ।
यो वर्ष दोलखाको विभिन्न पालिकाका १७ जना, रामेछापका ३, सिन्धुली, रसुवा, महोत्तरी र सिराहका एक/एक जना र सर्लाहीका २ जना बालबालिका थपिएका छन् ।गत वर्ष सहिद स्मृति आवासीय माविमा ३ सय ५ जना विद्यार्थी रहेकोमा अब थप भएसँगै ३ सय ३१ पुगेको त्यहाँका शिक्षक भुपेन्द्र साउदले बताउनुभयो ।
देशभर ५ वटा सहिद स्मृति आवासीय मावि सञ्चालनमा रहेकोमा बागमती प्रदेशमा एउटा मात्रै पर्दछ । जुन नेपाल सरकारको पूर्ण अनुदानमा द्धन्द्धपिडित शिक्षा कार्यक्रम अन्तर्गत २०६६ सालदेखि जिरी ६ स्थित बुलडाँडामा सञ्चालनमा रहेको छ । करिब १३/१४ जिल्लाका बालबालिका रहेका सहिद स्मृति आवासीय माविमा कक्षा १ देखि १० सम्म पठनपाठन हुँदै आएको छ । सो विद्यालयले २०७१ सालदेखि विद्यार्थीलाई माध्यमिक शिक्षा परिक्षामा सहभागीता गराएको हो । सहिद स्मृतिले हालसम्म ८ औं पटक एसएलसी/एसईई परिक्षामा विद्यार्थीलाई सहभागी गराएर उच्च शिक्षाका लागि जेहेन्दार विद्यार्थीहरु उत्पादन गरिसकेको छ ।
हालसम्मको शैक्षिक नतिजा शन्तोषजनक रहेपनि शैक्षिक क्षेत्रका अलवा अन्य अतिरिक्त क्रियाकलापहरु खेलकुद लगायतका क्षेत्रमा सहिद स्मृतिका विद्यार्थीहरु अघि देखिएका छन् । विद्यालयको शैक्षिक सुधार, भौतिक संरचना निर्माण लगायतलाई व्यवस्थित र स्तरोन्नति गर्नका लागि बागमती प्रदेश सरकारले पनि यो विद्यालयलाई महत्वका साथ बजेट विनियोजन गर्दै आएको छ ।
गत वर्ष मात्रै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको करिब एक करोडको लागतमा भुकम्पबाट जिर्ण बनेको भवनको रेट्रोफिटिङ्ग गरिएको थियो भने केही समय अघि मात्रै पनि बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का मार्फत थप बजेट विनियोजन भएकोे छ ।





