निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
एक विद्यालय एक नर्स कार्यक्रमः बागमती प्रदेश सरकारले माग्यो ५० जना स्टाफ नर्स

हेटौंडा । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमका लागि ५० जना स्टार्फ नर्स माग गरेको छ ।
प्रदेश सरकारले दोलखाका तीन सहित प्रदेशका ५० वटा विद्यालयमा ५० जना नर्स माग गरेको हो । दोलखाको शैलुङ गाउँपालिकास्थित शारादा मावि र विरेन्द्र मावि तथा मेलुङ गाउँपालिकाको त्रिभुवन माविका लागि नर्स माग गरिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै इच्छुक व्यक्तिहरुले जेठ २७ गतेभित्र आफुले काम गर्न चाहेको कम्तीमा ५ वटा स्थानीय तहहरु खुलाई निवेदन पेश गर्न पाउने जानकारी गराएको हो ।
प्रदेश सरकारले सिन्धुपाल्चोकमा सबैभन्दा बढी ११ वटा विद्यालयका लागि नर्स माग गरेको छ भने काभ्रेपलाञ्चोकका चार, रामेछापका दुई वटा विद्यालय तथा सिन्धुलीका चार वटा विद्यालयका लागि स्टाफ नर्स माग गरेकोे छ । यसैगरी धादिङको चार वटा विद्यालय, नुवाकोटको पाँच, काठमाडौंका चार, मकवानपुरका लागि पाँच, भक्तपुरका लागि तीन जना, ललितपुरमा दुई तथा चितवनको एउटा विद्यालयका लागि स्टार्फ नर्स माग गरिएको छ । आवेदन दिन इच्छुक व्यक्तिहरुले प्रत्यक्ष मन्त्रालयमा उपस्थित भई वा इमेल मार्फत पनि आवेदन दिन पाउनेछन् ।





