नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
सेना बोकेर सडकमा गुडिरहेको ट्रकमा आगलागी
तालिमका लागि जाँदै गरेका सेना बोकेको ट्रकमा आगलागी
थाङमिचागु डटकम संवाददाता

मकवानपुर- तालिमका लागि जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।
मकवानपुरको हेटौंडास्थित ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि सिमभन्ज्याङ रिकि गर्न जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहिवार त्रिभुवन राजपथ दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका- ४ कुर्सीको मोडमा आगलागी भएको हो ।
ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको हो । उक्त ट्रकमा १८ जना सेना सवार थिए । आगलागीबाट मानवीय क्षती भने नभएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
उक्त ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले निभाएको थियो । सापट भाँच्चिएर डिजल ट्याङ्कीमा लागेर चुहिएपछि आगलागी भएको अनुमान छ ।





