नेकपा (माओवादी केन्द्र)को भव्य तीज विशेष कार्यक्रम सम्पन्न, प्रमुख अतिथि गंगा कार्कीको उपस्थिति ।।।

0Shares

नेकपा (माओवादी केन्द्र)को भव्य तीज विशेष कार्यक्रम सम्पन्न, प्रमुख अतिथि गंगा कार्कीको उपस्थिति

थाङ्मीचागु डटकम सम्बादाता १५ भाद्र २०८१

नेकपा (माओवादी केन्द्र), दोलखा-काठमाण्डौ सम्पर्क समन्वय समितिद्वारा आयोजित तीज विशेष कार्यक्रम १५ भाद्र २०८१ मा रोयल जडिबुटी ब्याङ्केट, जडिबुटी, काठमाण्डौमा भव्य र उल्लासमय तरिकाले सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि गंगा कार्की लगायत लगभग एक हजार भन्दा बढी आमा, दिदीबहिनी र दाजुभाइहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमले सबैलाई तीजको सौन्दर्य र सांस्कृतिक परम्परामा रमाउनको लागि प्रेरित गरेको थियो।

यस विशेष अवसरमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको सफलतामा योगदान पुर्याउने सबैलाई प्रशंसा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *