नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
धार्मिक र सांस्कृतिक धरोहर साफा पुनर्विकासको आवश्यकता ।।।
धार्मिक र सांस्कृतिक धरोहर साफा पुनर्विकासको आवश्यकता ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल भदौ १३ । सिराहा जिल्लाको धनगढीमाई १३ स्थित साफा गुफा, प्राकृतिक र धार्मिक महत्वको स्थलको रूपमा परिचित छ, तर हाल यसको विकास पर्खाइमा रहेको छ । यो गुफा, जसको ऐतिहासिक महत्त्व छ, यद्यपी स्थानीय निकायको ध्यानबाट टाढा छ ।
सफा गुफा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण छ । स्थानीय विश्वास अनुसार, सलहेस डाँडाबाट राजा सलहेस गुफाको बाटो भएर करिब डेढ किलोमिटरको दूरी पार गर्ने गरेका थिए । यस गुफामा अजिङ्गर बस्ने गरेको विश्वास पनि छ, जसले गर्दा यसलाई ‘अजिङ्गरको बासस्थान’ पनि भनिन्छ ।
गुफाको पुरानो इतिहासले चुलो आकारका ढुंगाहरूसँग जोडिएको बताईन्छ । यस ठाउँमा काठ लिन आउने क्रममा बटुवाले यहाँ खाना पकाउने गरेको बताइएको छ । केही वर्षअघि माथिल्लो भाग खनेपछि गुफा पुरिएको थियो, तर प्राकृतिक शक्तिको कारण यसले जस्ताको तस्तै स्वरूप पुनः प्राप्त गरेको छ । यसले धार्मिक विश्वासमा बृद्धि गरेको छ ।
प्रत्येक वर्ष हिउँदको समयमा यहाँ पिकनिक खान आउनेको घुइँचो लाग्ने गरेको छ । यद्यपि, यो स्थलको पूर्ण विकास नभए पनि, यसलाई पर्यटनको रूपमा रूपान्तरण गर्ने हो भने आर्थिक समृद्धि ल्याउने सम्भावना अत्यधिक छ ।
सफा गुफाको धार्मिक र सांस्कृतिक महत्वको सही मूल्याङ्कन र यसको विकासले पर्यटन सम्भावनामा नयाँ उचाइ थप्न सक्छ । यसर्थ, यसलाई विकास गरिनु अति आवश्यक छ ।





