निर्माणाधीन मैरे पुलमाथि पहिरो, तत्काल व्यवस्थापनको माग।।।
2026-07-20भीमेश्वरमा सर्पको टोकाइबाट भक्तबहादुर थामीको ज्यान गयो
2026-07-18निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17
सिरहामा खानेपानी ट्याङ्कीको ट्रान्सफर्मर चोरी: वर्षौदेखि अलपत्र, जनप्रतिनिधि र निकायहरूको मौनता ।।।
सिरहामा खानेपानी ट्याङ्कीको ट्रान्सफर्मर चोरी: वर्षौदेखि अलपत्र, जनप्रतिनिधि र निकायहरूको मौनता ।।।
विनोद मण्डल, भदौ १२ । सिरहाको धनगढीमाई १२ मा रहेको ठटिया खानेपानी ट्याङ्की वर्षौदेखि अलपत्र अवस्थामा छ । छ महिनाअघि यहाँको ट्रान्सफर्मर चोरी भएको थियो, र हाल पनि सोलार प्यानलको वरिपरि वनमारा घारी फैलिएका छन् । अर्कोतिर, विद्युत मोटर फुटेको र ट्याङ्कीको भौतिक संरचना बिग्रन थालेको छ ।
वर्षौंदेखि सञ्चालनमा नआएको यस खानेपानी आयोजना निरन्तर बिग्रिरहेको छ । कुश्माहा र ठटिया दुवै ठाउँका ट्याङ्कीमा फोहोर र खिया जम्न थालेको छ । यस आयोजनामा करोडौंको लागत खर्चिए पनि सरकार र निकायहरूको मौनता हेर्दा स्थानीयको आक्रोश बढ्दै गएको छ ।
खानेपानी परियोजनाको लागि घरघरबाट संकलन गरिएको २४ सय रुपैयाँको रकम उठाइएको भएता पनि, आयोजना सञ्चालनमा नआएको बताइन्छ । विगतमा रड चोरी भएको र उपभोक्ता समितिका अध्यक्षले पदबाट हट्न नमानेको कुरा गरिन्छ, जसले गर्दा आयोजना सञ्चालनमा थप कठिनाइ आएको पाइन्छ ।
ट्याङ्की निर्माणको कुनै हिसाब समेत प्रस्तुत नगरेको भन्दै स्थानीयले असन्तोष व्यक्त गरेका छन् ।





