नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
धनगढीमाईको उत्खननले चुरे प्रभावित ।।।
धनगढीमाईको उत्खननले चुरे प्रभावित ।।।
विनोद मण्डल, भदौ १३ । सिराहा जिल्लाको धनगढीमाई अन्तर्गत चुरे क्षेत्रमा उत्खननको प्रत्यक्ष्य प्रभाव देखा पर्न थालेको छ ।
धनगढीमाईको वडा नं,८ र १३ अन्तर्गत पूर्व पश्चिम राजमार्गको उत्तर तर्फ करिब २ किलोमीटरको दूरीदेखि उत्खननको शुरुवातले स्थानिय स्तर प्रत्यक्ष्य प्रभावित बनेको छ ।
उत्खननले स्थानिय पानीको श्रोतको रूपमा रहेको इनार सुख्न थालेको एउटा अवस्था छ भने अर्कोतिर स्थानिय जनताहरू टिफरको आतंकले आजित भएको अवस्थाको सिर्जना हुँदा पनि प्रशासनिक निकाय पटक पटक मौन बसेको थियो ।
ग्रावेल माफियाको आतङ्कको कारण धनगढीमाईको गौशालास्थित विद्यालय परिसरको वातावरणमा समेत प्रभावित गरेको अवस्थामा नियमन निकाय मौन दर्शक बनेर बसेको विगतको अवस्थालाई हेरेर सहजै बुझ्न सकिन्छ ।
नियमित रूपमा भइरहेको उत्खननको कारण स्थानिय स्तरमा ठूला ठूला पोखरीको निर्माण भएको छ ।
माटोको सतहमा आएको परिवर्तनले चुरे क्षेत्रको खोला गहिरिएर पानीको सतह सुक्न थालेको छ । साथै हिउँद अगावै पानीको श्रोत सुक्न थालेपछि स्थानीयमा चिन्ता बढेको अवस्था छ ।
ग्रावेल माफियाको कारण धनगढीमाईको उत्तरी भेगमा रहेको बस्तीहरूमा समेत जोखिम बढेको हो । यता माफियाहरु स्थानीयलाई डराएर ,थर्काएर ,धम्काएर वातावरणीय सन्तुलन बिगार्दै आएको छ ।
उत्खनन स्थलमा अनेकन पोखरीहरू निर्माण भएको कारण स्थानिय स्तरमा खानेपानीको चरम अभाबको सिर्जना हुन् पुगेको छ ।
उत्खनन भइरहेको अवस्थाको बारेमा स्थानिय प्रशासनलाई जानकारी गराउँदा प्रशासनले विगतमा माफियालाई पूर्व जानकारी दिएर उक्त ठाउँहरूमा पुग्ने गरेको जानकारी स्थानीयले दिएका छन ।
सिराहा जिल्लामा ग्रावेल माफियाको बिगबिगी बढेको र उनीहरूको डाइरेक्ट पहुंच प्रशासनसँग भएको कारण स्थानिय जनताले सास्ती भोग्नु परेको देखिन्छ ।





