कृष्ण जन्माष्टमी एक पौराणिक कथा वस्तुमा आधारित ।।।

0Shares

कृष्ण जन्माष्टमी एक पौराणिक कथा वस्तुमा आधारित ।।।

विनोद मण्डल, भदौ १० । भगवान विष्णुको आठौँ अवतारको रूपमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान कृष्णको जन्म भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

जन्माष्टमीका दिन राज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवको संरक्षण गर्न भगवान विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिलाई संहार गरेका थिए ।

कंशले आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए । एउटा भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो त्यसपछि कंशले सुरूका छ सन्तानलाई मारेका थिए ।

जेलभित्र भगवान कृष्ण जन्मिएपछि कंशका सेनाहरू आफै निद्राले ढलेका थिए भने देबकी र वासुदेवलाई आकाशवाणी भएपछि तत्काल बच्चालाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुर्याएका थिए ।

वासुदेवले कृष्णलाई ढाकीमा लिएर यमुना नदीमा पुग्दा नदीको बहाब बढेको थियो, बाढीदेखि डराएका बासुदेव नदीमा पुग्दा भगवान कृष्णले खुट्टा ढाकीबाट बाहिर निकालेका थिए भने शिशु अवस्थाका कृष्णलाई अविरल वर्षाबाट जोगाउनका लागि नागले कृष्णलाई साहायता गरेका थिए ।

रातको समयमा सबैजना सुतिरहेको अवस्थामा वासुदेवले कसैलाई पत्तो नदिइकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आएका थिए ।

कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेका थिए जसले कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन् । कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्केका थिए । पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *