पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ।

0Shares

भदौ १० -२०८१ पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटना तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको थियो, जसमा उत्तर प्रदेश निवासी २८ वर्षीय विकास पाठकको ज्यान गएको हो।

घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार, भारतीय नम्बर प्लेटको यूपी १४ डीएन १०४ नम्बरको कार तानसेनबाट रानीमहलतर्फ जाँदै गर्दा आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *