मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Saturday, April 18, 2026
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गरेकी छन्।
१० भदौ २०८१ थाङ्मीचागु डटकम सम्बादाता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गरेकी छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको यस भेटमा, राजदूत भोल्कले आफ्नो कार्यकालमा नेपाल र अष्ट्रेलियाबीच भएका महत्त्वपूर्ण कामहरूबारे जानकारी गराएकी थिइन्।
कार्यकाल पूरा गरी उनी सोमबार स्वदेश फर्किने भएकी छिन्। प्रधानमन्त्री ओलीले सफलतापूर्वक कार्यकाल पूरा गरेकामा राजदूत भोल्कलाई धन्यवाद व्यक्त गरेका छन्। भेटमा दुई देशका हितका विविध विषयमा छलफल भएको थियो, जसमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।





