चट्याङ लागेर एक मृत्यु भएको छ ।

0Shares

पाँचथरको तुम्बेवा गाउँपालिकामा चट्याङ लागेर १५ वर्षीय दर्शन तिम्सिनाको मृत्यु भएको छ। उनी विद्यालयबाट घर फर्कँदै गर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो।

उनका दाजु १७ वर्षीय लभसन तिम्सिना पनि चट्याङ लागेर घाइते भएका छन्। उनलाई प्राथमिक उपचारपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको छ। घटनाको छानबिनका लागि प्रहरी टोली परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *