नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
घनश्यामभन्दा पहिले ओलीलाई कारवाही गर्नुपर्छ: मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वप्रथम कारवाही गर्नुपर्ने बताएका छन् । घनश्याम भुसालभन्दा केपी शर्मा ओलीले पार्टीमा अनुशासन पालना नगरेको भन्दै चौधरीले यस्तो बताएका हुन् ।
प्राइम टिभीको कार्यक्रम जनता जान्न चाहन्छन्मा उनले यस्तो बताएका हुन् । उनले आगामी संघीय संसद्को निर्वाचनलगत्तै मुलुकको राजनीतिक समिकरणमा फेरबदल आउने र माधव नेपाल प्रधानमन्त्री बन्नसक्ने अवस्था आउने बताए ।
हिजो नेपाली कांग्रेसले २३ सिट जित्दा शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री होला र ? भनेर कसैले पनि कल्पना नगरेको तर अहिले मुलुकको नेतृत्व देउवाले गरिरहेको उनले स्मरण गराए । उनले राष्टियता, कम्युनिष्ट आन्दोलन र नैतिकतालाई शीरमा राखेर हेर्ने हो भने माधव नेपाल केपी ओलीभन्दा धेरै ठीक नेता रहेको टिप्पणी गरे ।
उनले माधव नेपाल उत्कृष्ट नेता भएको दाबी गरे । उनले आफ्नो पार्टीको एमालेसँग कुनै एकता र सहकार्य नहुने पनि जिकिर गरे । उनले एमाले छोडेर आफ्नो पार्टीमा आउनेहरुको लर्को लाग्ने बताए । उनले एमाले अध्यक्ष ओली झुटो बोल्न, खुराफाती र बद्मासी गर्न बहादुरी मान्छे रहेको सुनाए ।





