थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने संख्या ४० हजार ९९ पुग्यो
गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ४० हजार ९९ पुग्यो
थाङमिचागु डटकम संवाददाता

गाजापट्टी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४० हजार ९९ पुगेको गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि गत २४ घण्टामा इजरायली सेनाले २५ जनाको ज्यान लिएको छ भने अन्य ७२ जना घाइते भएका छन् । जसमा कुल मृत्यु हुनेको संख्या ४० हजार ९९ पुगेको छ र घाइतेको संख्या ९२ हजार ६०९ पुगेको छ ।
धेरै पीडितहरू भग्नावशेषमुनि र सडकमा पुरिएका छन् । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।




