७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Friday, October 16, 2026
जाजरकोटमा पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
जाजरकोटमा पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
थाङमिचागु डटकम संवाददाता

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२, माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र उनीहरूका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको हो ।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार, उनीहरू भूकम्पपीडितका निम्ति निर्मित अस्थायी टहरामा बसेका थिए ।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगर प्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीनजिकै छ ।





