गठबन्धन गरेर संघ र प्रदेशको निर्वाचनमा जाने लोसपाको निष्कर्ष

0Shares

काठमाडौँ — महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिबद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबार सम्पन्न बैठकले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिबद्ध राजनीतिक दलहरुसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको हो । मिति घोषणा भएपछि आफ्ना पार्टीको माग र विचारसँग सहमत पक्षसँग चुनावी गठबन्धन गरेर अघि बढने सैद्धान्तिक सहमति बैठकमा जुटेको नेता केशव झाले जानकारी दिए ।

त्यसैगरी बैठकले संघ र प्रदेशको चुनावलाई लक्षित गरेर संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय पनि गरेको छ । नेता झाले भने, ‘चुनाव घोषणा भएपछि को सँग सहकार्य गरेर जाने भन्ने विषयमा सैद्धान्तिक कुरा के भयो भने जोसँग हाम्रो विचार मिल्छ । जसले हाम्रो माग सम्बोधन गर्न प्रतिबद्धता जनाउँछ । ती पक्षहरुसँग हाम्रो सहकार्य हुन्छ । अरु पार्टीको संगठन चुस्तदुरुस्त बनाएर निर्वाचन तयारीमा जुट्ने निर्णय पनि गरिएको छ ।’

शनिबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा पनि अध्यक्ष ठाकुरले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको नेता झाले बताए । बैठकमा पाँच दलीय गठबन्धनसँग एक्लै भिड्नु परेकाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्षसमेत निकालिएको थियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *