नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
मधेस सरकारको नीति, कार्यक्रम : विद्यार्थीलाई साइकल, ल्यापटप सहयोग गर्ने ।

काठमाडौँ — मधेस प्रदेश सरकारले सामुदायिक विद्यालयमा कक्षा ८ का विद्यार्थीलाई साइकल र १२ कक्षा अध्ययरतलाई ल्यापटप दिने नीति अघि सारेको छ ।
सरकारका तर्फबाट आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बेटी पढाऔं बेटी बचाऔं’ अभियानलाई निरन्तरता दिएको जनाएका हुन् । ‘आठमा अध्ययनरत छात्रहरुलाई साइकल खरिदका लालि सम्बन्धित विद्यालयमा अनुदान रकम उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा लेखिएको छ, ‘यस्तै प्रदेशका सामुदायिक विद्यालयहरुमा कक्षा १२ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन एक थान ल्यापटप सहयोग उपलब्ध गराइनेछ र सोको नियमित अनगुमन सामाजिक विकास मन्त्रालयबाट हुनेछ ।’





