नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
kp oli को आलोचना गरेको भन्दै भूसाललाई एमालेबाट निकालियो, परे कारबाहीमा

ओलीको आलोचना गरेको भन्दै भूसाललाई कारबाहीको सिफारिस (पुरा जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोस)
२१ जेठ, काठमाडौं ।
नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको छ’, बडालले भने ।
स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत अध्यक्ष ओलीको आलोचना गरेका थिए । ‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारबाही हुन्छ’, अध्यक्ष बडालले भने ।
पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।
यो पनि हेर्नुहोस,
एजेण्डा नभएपछि कांग्रेस गठबन्धन गर्न बाध्य भयो : घनश्याम भूसाल
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपाली कांग्रेससँग एजेण्डा नभएर गठबन्धनको साथ लिएको बताएका छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपाली कांग्रेससँग एजेण्डा नभएर गठबन्धनको साथ लिएको बताएका छन् ।
रुपन्देहीको बुटवलमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भूसालले कांग्रेस लामो इतिहास भएको पार्टी भए पनि आफ्ना एजेण्डा नभएको आरोप लगाए ।
‘कांग्रेसका आफ्ना दीर्घकालीन योजना छैनन् अनि गठबन्धनको साथ लिएर मत माग्न जान बाध्य भएको छ’ भूसालले भने, ‘नेपालमा समाजवाद ल्याउन, विकास र समृद्धिका लागि एमालेको पूर्ण बहुमत आवश्यक छ ।’
अहिले एमालेविरुद्ध सबै शक्ति मिलेकाले एमाले पनि एकजुट हुनुको विकल्प नभएको उनले बताए । एमालेले चुनाव जितेका क्षेत्र र पालिकामा नमुनायोग्य काम भएको भूसालले बताए ।
गठबन्धनमा धोका भएको एकीकृत समाजवादीको निष्कर्ष
नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
चुनावी समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै समग्र समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई प्रदेशगत जिम्मेवारी समेत तोकेको छ ।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनप्रति आफूहरु बेहद असन्तुष्ट रहेको बताए । ‘हामी अलिक हैन, बेहद असन्तुष्ट छौं,’ खनालले भने, ‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक रुपले गठबन्धन हुँदै भएन ।
त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो हामीले पाँच दलभित्र पनि राखेका छौं । हामी आफैंले पनि समीक्षा गर्दैछौं ।’
उपमहासचिव गंगालाल तुलाधरले पनि आफूहरु इमान्दार भए पनि गठबन्धनमा आफूहरुमाथि धोका भएको टिप्पणी गरे ।
‘हाम्रो संगठनात्मक आधार हुँदाहुँदै, हामीले गठबन्धनमा रहेर इमान्दारिता देखाउँदा देखाउँदै कतिपय ठाउँमा हामीमाथि धोका भएको हो कि ? अथवा हाम्रो शक्ति सम्पूर्ण रुपमा परिचालित नभएको हो कि ? जे हो सत्य तथ्यमा आधारित भएर निष्कर्ष निकालेर त्यसैका आधारमा निर्णय लिन्छौं,’ उनले भने।
समग्र समीक्षाका लागि पाँच दिन भित्र सूचना संकलन गर्न बैठकले सचिवालयका ७ जना नेतालाई प्रदेशगत जिम्मेवारी समेत दिएको छ।
तुलाधरका अनुसार प्रदेश १ का लागि जयन्ती राई, मधेश प्रदेशका लागि रामचन्द्र झा, बागमती प्रदेशका लागि गंगालाल तुलाधर, गण्डकी प्रदेशका निम्ति प्रमेश हमाल, लुम्बिनी प्रदेशका लागि विजय पौडेल, कर्णाली प्रदेशका लागि प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका निम्ति बेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ।
समग्र समीक्षापछि त्यसको प्रतिवेदन तयार गरेर केन्द्रीय कमिटीसम्म लगेर छलफल गर्ने र एउटा निष्कर्षमा पुग्ने उनले बताए ।
‘तत्ला कमिटीबाट सबै सूचना नआएकाले पाँच दिनभित्र सूचना संकलन गर्न सचिवालय सदस्यहरुलाई प्रत्येक प्रदेशको जिम्मा दिएको छ,’ तुलाधरले भने, ‘त्यस आधारमा हामी घनिभूत ढंगले समीक्षा गर्छौं ।
त्यसपछि एउटा प्रतिवेदन बन्छ । प्रतिवेदन केन्द्रीय कमिटीसम्ममा लगेर छलफल हुन्छ । र आवश्यक निर्णय हुन्छ।’
सचिवालयको बैठक भोलि ११ बजे पुनः बस्ने छ।





