नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नेपाली राजनीतिमा उथलपुथल नया बाटोबाट राजनीतिमा रञ्जु दर्शनाको ईन्ट्री

समर्थकहरुलाई चक्मा दिदै शीर्ष नेताहरुलाई नै झस्काउनेगरी नयाँ बाटोबाट राजनीतिमा रञ्जु दर्शनाको ईन्ट्री !
काठमाडौं ।
यसपटक काठमाडौं महानगरका मेयर बालेन साहको विजयी सिंगो देशका जनता र राजनीतिक दलका लागि ठूलो सबक बनेको छ । बालेनको जितले राजनीतिक दल र राजनीतिक दलप्रति आस्थावानहरुको आखा खोलिदिएको हो ।
बालेनको जितपछि शिक्षित र सचेत युवाहरु राजनीतिमा ईन्ट्री गर्न थालेका छन् । यसैबीच, गत स्थानिष् तहको चुनावमा काठमाडौं महानगरको मेयरमा पराजित बनेकी रञ्जु दर्शना आफ्ना समर्थकहरुलाई चकित पार्दै राजनीतिमा आउन लागेकी हुन् ।
काठमाडौंमा आगामी प्रतिनिधिसभाको निर्वाचन रोचक हुने देखिएको छ । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेपछि प्रतिनिधिसभाको लागि पनि स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनको तयारी थालेका छन् ।
मेयरमा बालेन्द्र शाहलाई जिताउन लागेको टीमले काठमाडौंका सबै क्षेत्रमा निर्वाचन लड्न स्वतन्त्र र युवाहरूको खोजी गरिरहेको छ । यस्तै क्रममा बालेनको समूहले काठमाडौ ५ को लागि यसअघि मेयरमा उठेकी चर्चित अनुहार रञ्जु दर्शनालाई उठाउने भएको छ ।
प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै संसदीय निर्वाचनमा देशभरबाट बालेनलाई काठमाडौंको मेयरमा जिताउन लागिपरेको टिम सक्रिय रूपमा लागेको छ ।
यो समुहले काठमाडौंका सबै क्षेत्रमा निर्वाचनको मिति घोषणा हुनु अगावै उम्मेदवार तय गर्ने रणनीति बनाएको छ ।
काठमाडौ ५ बाट उठाउने तयारी गरिएकी रञ्जु दर्शना २०७४ को निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार थिइन् । विवेकशील साझा पार्टीमा रहेकी उनले पार्टीमा विवाद शुरु भएसँगै विवेकशील साझा छाडेकी छन् ।
काठमाडौं क्षेत्र नं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत पनि यही क्षेत्रबाट सांसदमा उठेका थिए ।
काठमाडौंको मेयरमा बालेन साहलाई जिताउन लागिपरेको टीमले नै रञ्जुलाई काठमाडौं क्षेत्र नं ५ को सांसदका रुपमा प्रस्ताव गरेपछि उनी उम्मेदवारीका लागि सकारात्मक बनेकी छिन् ।
विवेकशील नेपाली दलबाटै राजनीति शुरु गरेर चर्चामा आएकी रञ्जु दर्शनाले उज्जवल थापाको राजनीतिबाट आफू प्रभावित रहेको बताउँदै आएकी छिन् ।
उज्जवल थापाले पनि यहि क्षेत्रबाट लड्ने तयारी गरेका थिए । यो समुहले काठमाडौ क्षेत्र नं १ बाट पुकार बमलाई अघि सारिसकेको छ भने रुपन्देही क्षेत्र नं २ बाट डा. निकोलस भुसालले उम्मेदवारी घोषणा गरेका छन् ।
यो पनि हेर्नुहोस,
गठबन्धन नगर्दा लोसपालाई घाटा !
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठकमा स्थानीय चुनावमा गठबन्धन नहुँदा पार्टीलाई घाटा भएको कुरा उठेको छ ।
लोसपाको जारी कार्यकारिणी समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले लोसपा अरु कुनै कारणले नभएर गठबन्धनकै कारणले चुनावमा कमजोर भएको धारणा राखेका हुन् ।
पाँच दलीय गठबन्धन एकातिर लोसपा अर्कोतिर भएको कारण अपेक्षा अनुसार सीट नआएको तर पार्टी भने कमजोर नभएको कुरा बैठकमा नेताहरुले धारणा राखेको कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले बताए ।
‘स्थानीय चुनावमा लोसपाको अलिकति कम सीट आएको छ, त्यो गठबन्धन नगरेर हो । तैपनि हामी कमजोर छैनौँ,’ उनले भने, ‘अगामी चुनावमा अब कसरी सचेत ढंगले अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको छ ।’
यसअघिको चुनावमा लोसपा अर्थात् तत्कालीन राजपाले २५ पालिका जितेको थियो । यसपालि पार्टी १५ वटा पालिकामा सीमित बनेको छ ।
तैपनि लगभग पहिलाकै चुनाव जतिकै नतिजा आएको बैठकले निष्कर्ष निकालेको उनले जानकारी दिए । जसपा विभाजन हुँदा तत्कालिन राजपाका धेरैजसो नेता जसपामै बसेकाले त्यसको असर अहिलेको चुनावमा देखिएको उनले बताए ।
तत्कालीन राजपाका नेताहरू सबै जना लोसपामै फर्केको भए पहिला भन्दा धेरै सीट यस पटक आउने थियो भन्ने बैठकको निष्कर्ष रहेको पनि उनले सुनाए ।
तत्कालीन राजपाका महेन्द्रराय यादव, राजकिशोर यादव, मनिष सुमन, रामनरेश राय यादव, सुरेश मण्डल, मृगेन्द्रकुमार सिंह यादव, अमृता अग्रहरी जस्ता नेताहरू जसपामा नै बसेकोले त्यसको असर स्थानीय चुनाव देखाइएको बैठकको निष्कर्ष छ ।
गठबन्धनमा नगए पनि राम्रो सीट आएकोले त्यसमा लोसपा सन्तुष्ट नै रहेको उनले बताए ।
आजको बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णलगायतका नेताहरूले आआफ्नो धारणा राखेका थिए । अर्को बैठक भोलि ११ बजे बस्नेछ ।





