मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
अनेमसंघ दोलखाको विस्तारित बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय ।
अनेमसंघ दोलखाको विस्तारित बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय
दोलखा ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी दोलखाको विस्तारित बैठक मिति २०८२/०/७ गते अनेमसंघ दोलखाकी अध्यक्ष कामरेड मेनुका सुवेदीको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकले अध्यक्ष मेनुका सुवेदीको संयोजकत्वमा ११५ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। त्यस्तै, अनेमसंघ स्थायी कमिटी सदस्य कामरेड शारदा रानाको संयोजकत्वमा ९ सदस्यीय जिल्ला स्तरीय निर्वाचन अनुगमन तथा समन्वय कमिटी गठन गर्ने निर्णय गरिएको छ।
बैठकअनुसार पालिकास्तरीय बैठक तथा भेला माघ १९ देखि २७ गतेसम्म र वडास्तरीय बैठक तथा भेला माघ २० देखि फागुन ४ गतेसम्म सञ्चालन गरिनेछ। साथै, पालिकास्तरीय अगुवा कार्यकर्ता भेलाहरू माघ २२ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय भएको छ।
बैठकमा अनेमसंघ स्थायी कमिटी सदस्य शारदा राना प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रीय सदस्य शान्तिकुमारी तमाङ, बागमती प्रदेश कमिटी सदस्य पार्वती खड्का तथा नेकपा एमाले जिल्ला कमिटी उपसचिव कमला बस्नेतको उपस्थिति रहेको थियो।
अतिथिहरूले वर्तमान अवस्था, संगठनको भूमिका र निर्वाचन तयारीका विषयमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो।
थाङ्मीचागु डटकम





