श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन

0Shares

श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
मिति : २०८२ माघ २७ गते, सोमबार
थाङ्मीचागु, दोलखा
विद्यार्थीहरूको शैक्षिक उन्नयन तथा पठन–संस्कृतिको विकासको लागि श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। यस अवसरमा विद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय पक्षलाई सुदृढ बनाउन विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन पनि सम्पन्न भएको छ।
पुस्तकालय उद्घाटन वडा अध्यक्ष हिरा थामी ज्यू र नवगठित अध्यक्ष बिक्रम ठान्टी थामी ज्यूले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि नेपाल थामी समाज, बिगु–८ का अध्यक्ष खम्बा थामी ज्यू, विभिन्न संघ–संस्था, स्थानीय सरकारका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, शिक्षक, विद्यार्थी भाइबहिनीहरू र दिदीबहिनी–दाजुभाइहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवगठित विद्यालय व्यवस्थापन समिति (विव्यस) का पदाधिकारी तथा सदस्यहरू
अध्यक्ष: बिक्रम ठान्टी थामी
सदस्य: खम्बा थामी
सदस्य: उर्मिला थामी
सदस्य: कमल हार्वा थामी
सदस्य: चन्डिका थामी
सदस्य: लालमती थामी
कार्यक्रममा वक्ताहरूले पुस्तकालय स्थापनालाई केवल संरचनागत उपलब्धि मात्र नभई ज्ञान, चेतना र अवसरको केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। साथै, नवगठित विव्यसलाई विद्यालयको दीर्घकालीन विकास र शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरिएको छ।
सहभागीहरूले पुस्तकालय उद्घाटन र विद्यालय व्यवस्थापन समिति (विव्यस) गठनलाई थाङ्मीचागु क्षेत्रको समग्र शैक्षिक रूपान्तरणतर्फको महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन्।
यस अवसरमा सहयोग, सहभागिता, सहकार्य तथा सद्भाव प्रदान गर्नु हुने सम्पूर्ण सरोकारवालाहरूप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *