श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
2026-01-11नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
2026-01-11नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
2026-01-09
नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
मिति: ९ जनवरी २०२६ | क्वालालम्पुर
क्वालालम्पुर — नेपाली दूतावास, मलेसिया तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष एवं व्यवसायी बालध्वज योङहाङ लिम्बूको सहयोगमा पर्सा जिल्ला निवासी नासिर मियाको सफल उद्धार गरिएको छ। उद्धारपछि नासिर मिया ८ जनवरी २०२६ मा हिमालयन एयरलाइन्सको उडानमार्फत स्वदेश फर्किएका छन्।
मानसिक सन्तुलन असामान्य अवस्थामा रहेका नासिर मिया १९ डिसेम्बर मा नेपाली दूतावास, मलेसिया पुगेका थिए। त्यस क्रममा दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरीले आवश्यक सोधपुछ तथा अवस्था मूल्याङ्कन गर्दा उनी करिब १० वर्षअघि रोजगारीका लागि मलेसिया आएको र लामो समयदेखि अवैधानिक रूपमा बस्दै आएको खुल्न आएको थियो।
उनको दयनीय अवस्थालाई मध्यनजर गर्दै दूतावासको रोहबरमा तत्काल उद्धार आवश्यक रहेको निष्कर्ष निकाल्दै उपचार, अस्थायी आश्रय (सेल्टर), अध्यागमन जरिवाना तथा स्वदेश फिर्तीका लागि हवाई टिकटको व्यवस्था सुरु गरिएको थियो।
उक्त सम्पूर्ण प्रक्रियाका लागि आवश्यक खर्च एनआरएनए मलेसियाका उपाध्यक्ष बालध्वज योङहाङ लिम्बूले व्यहोरेका छन्। उद्धार क्रममा प्राथमिक उपचार तथा केयर सेन्टर खर्च आरएम ८५०, अध्यागमन जरिवाना आरएम ५२० र हिमालयन एयरलाइन्सको हवाई टिकट आरएम ११०० गरी कुल खर्च लिम्बूले सहयोग गरेका हुन्।
दूतावासका अनुसार उद्धारका लागि आवश्यक आर्थिक व्यवस्थापन सहयोगदाताबाट गरिएको हो भने निःशुल्क ट्राभल डकुमेन्ट जारी गर्ने, केयर सेन्टरमा पुर्याउने, अध्यागमन तथा विमानस्थलसम्मको सम्पूर्ण समन्वय र व्यवस्थापन नेपाली दूतावास, मलेसियाले गरेको जनाएको छ।
यस मानवीय कार्यमा उल्लेखनीय योगदान पुर्याएकोमा नेपाली दूतावास, मलेसियाले बालध्वज योङहाङ लिम्बूप्रति विशेष धन्यवाद व्यक्त गर्दै विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको उद्धारका लागि अन्य संघ–संस्था, समाजसेवी तथा सक्षम व्यक्तिहरूलाई समेत सहकार्य गर्न आह्वान गरेको छ।
विशेष उल्लेखनीय कुरा के छ भने, आजको मिति ९ जनवरी २०२६ सम्म आइपुग्दा पनि समाजसेवी बालध्वज योङहाङ लिम्बू निरन्तर रूपमा विभिन्न संघ–संस्था, पीडित नेपाली कामदार, बिरामी, अलपत्र परेका नागरिक तथा सामाजिक अभियानहरूमा निस्वार्थ सेवा र आर्थिक सहयोग गर्दै आइरहनु भएको छ। उहाँ केवल एनआरएनए मलेसियाका उपाध्यक्ष मात्र होइन, संकटमा परेकाहरूका लागि आशाको दियो, भरोसाको सहारा र मानवीय सेवाको जीवित उदाहरण बन्नुभएको छ।




