राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
श्री कालीञ्चोक मा.वि.मा बाल दिवस विविध कार्यक्रम सहित सम्पन्न
श्री कालीञ्चोक मा.वि.मा बाल दिवस विविध कार्यक्रम सहित सम्पन्न
२९ भाद्र २०८२, आईतवार
थाङ्मीचागु डटकम सम्बादाता
थाङ्मीचागु । बाल दिवस–२०८२ को अवसरमा श्री कालीञ्चोक माध्यमिक विद्यालय, थाङ्मीचागुमा विविध कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत कविता प्रतियोगिता, गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, बेलुन ब्लास्ट (कक्षा ४–५) तथा चकलेट दौड (कक्षा १–३) जस्ता आकर्षक प्रतिस्पर्धा गरिएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका आधारमा पुरस्कार वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ।
मौसम प्रतिकूल भई वर्षाका कारण केही कार्यक्रमहरू स्थगित गर्नुपरेको विद्यालयले स्पष्ट पारेको छ।
यस अवसरमा विद्यार्थीहरूका लागि खाजाको विशेष व्यवस्था टुकी सिवन संस्थाले गरेको थियो। संस्थाका तिर्थ थामी स्वयं उपस्थित भई खाजाको व्यवस्थापन मिलाएका थिए। अन्य अतिथिहरूको उपस्थिति नभएको कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरू मात्र सहभागी रहेका थिए।
श्री कालीञ्चोक मा.वि. थाङ्मीचागुका प्रधानाध्यापक टपबहादुर रावलले थाङ्मीचागु डटकमलाई जानकारी दिनुभयो।




