मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Sunday, May 24, 2026
गृहमन्त्री रमेश लेखकद्वारा तीनकुने क्षेत्रमा तोडफोड र आगजनीको स्थलगत अनुगमन
गृहमन्त्री रमेश लेखकद्वारा तीनकुने क्षेत्रमा तोडफोड र आगजनीको स्थलगत अनुगमन
काठमाडौं, चैत १६ – गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरूले तीनकुने क्षेत्रमा गरेका तोडफोड र आगजनीबाट भएको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ। शनिबार बिहान ९ बजे उहाँ तीनकुने क्षेत्र पुग्नुभएको थियो।
शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी तथा तोडफोड भएका थिए, जसमा दुई जनाको मृत्यु समेत भएको थियो। गृहमन्त्री लेखकले घटनास्थलको निरीक्षण गर्दै सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ।
यस अनुगमनपछि गृहमन्त्री लेखकले दोषीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, उहाँले शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन सबै पक्षसँग सहकार्य गर्न आग्रह गर्नुभएको छ।





