जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा ६९औं प्रहरी दिवस भव्य रूपमा सम्पन्न ।।।

0Shares

जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा ६९औं प्रहरी दिवस भव्य रूपमा सम्पन्न ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, कार्तिक १, सिरहा ।
जिल्ला प्रहरी कार्यालय सिरहाले ६९ औं प्रहरी दिवस भव्यताका साथ सिरहा नगरपालिकाका प्रमुख डा. नवीन यादवको प्रमुख आतिथ्यतामा मनाएको छ । कार्यक्रम जिल्ला प्रहरी कार्यालय सिरहाको परिसरमा, प्रहरी प्रमुख रमेश पंडितको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरू, पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता तथा जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो । साथै, अमर प्रहरी परिवारका सदस्यहरू, पूर्व प्रहरी कर्मचारीहरू लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा, अमर प्रहरीहरूको सम्झनामा प्रमुख अतिथि, विशिष्ट अतिथि, तथा अन्य प्रहरी अधिकृतहरूले पुष्पहार र पुष्पगुच्छा अर्पण गरेका थिए । अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै कदर पत्र पनि प्रदान गरिएको थियो ।

प्रहरी दिवसको अवसरमा जिल्लाका सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूका परिवारजनलाई विशेष सम्मान प्रदान गरिएको यस कार्यक्रमले प्रहरी र समाजबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *