मन्थली–लुक्ला उडान लगातार दुई दिनदेखि प्रभावित

0Shares

मन्थली–लुक्ला उडान लगातार दुई दिनदेखि प्रभावित

थाङमिचागु डटकम संवाददाता

रामेछापको मन्थली विमानस्थलमा पछिल्लो दुई दिनदेखि प्रतिकूल मौसमका कारण हवाई उडानहरू प्रभावित भएका छन्। विशेष गरी सोलुखुम्बुको खुम्बु क्षेत्रतिर जाने उडानहरू ठप्प हुँदा लुक्ला जान चाहने पर्यटकहरू समस्यामा परेका छन्। सगरमाथा क्षेत्रतिर जाने र आउने स्वदेशी तथा विदेशी पर्यटकहरू मौसममा सुधारको पर्खाइमा छन्।

मन्थली विमानस्थलका उप-प्रबन्धक हिरण्य शाहका अनुसार मन्थली–लुक्ला उडान लगातार दुई दिनदेखि प्रभावित भइरहेको छ। आज लुक्लाको मौसम केही सुधार भए पनि मन्थली र आसपासको क्षेत्र कुहिरोले ढाकेको छ, जसले उडान सम्भव हुन सकेको छैन। मौसम खुल्ने आशामा कतिपय पर्यटकहरू मन्थलीमा पर्खिरहेका छन् भने केहीले जिरी हुँदै पैदल यात्रा थालेका छन्।

सामान्य अवस्थामा, मौसम सफा भएको समयमा मन्थली विमानस्थलबाट दैनिक ३ वटा निजी एयरलायन्स—समिट, तारा, र सीता एयरले ५५ भन्दा बढी उडान भर्दै लुक्ला पठाउँछन्। तर, हालको मौसमको प्रतिकूलताले गर्दा उडान सेवा अवरुद्ध हुँदा पर्यटकहरूले वैकल्पिक उपायहरू रोज्नुपर्ने अवस्था आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *