दशैं मान्न गाउँघर गएका मानिसहरू राजधानी फर्कन थालेपछि चहलपहल अझै बढ्दै

0Shares

दशैं मान्न गाउँघर गएका मानिसहरू राजधानी फर्कन थालेपछि चहलपहल अझै बढ्दै

थाङमिचागु डटकम संवाददाता

दशैंको टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल उल्लेखनीय रूपमा बढेको छ। विशेष गरी, मानिसहरू आफ्ना मान्यजनहरूसँग टीका थाप्नका लागि विभिन्न स्थानहरूमा ओहोरदोहोर गरिरहेका छन्। चोक चोकमा टीका ग्रहण गर्न जाने सर्वसाधारणको घुइँचो देखिन्छ, जसले काठमाडौं उपत्यकालाई झनै व्यस्त बनाएको छ।

यस समय सामान्यतया सुनसान रहने सडकहरूमा सवारी साधनको संख्यामा पनि वृद्धि देखिएको छ। राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा, दशैं मान्न गाउँघर गएका मानिसहरू राजधानी फर्कन थालेपछि चहलपहल अझै बढ्दै गएको छ।

विशेषगरी, सरकारी कार्यालय र निजी व्यवसायहरू खुलेपछि मानिसहरूको राजधानीमा फर्कने क्रम तिब्र भएको छ। दशैंको उत्साहसँगै उपत्यकाका सडक र सार्वजनिक स्थानहरूमा पनि भिडभाड बढ्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *