सरे खोलामा स्कूल बस फसेपछि स्थानियको चार घण्टाको प्रयासले सफल उद्धार, पुल अभावमा जनजीवन प्रभावित

0Shares

सरे खोलामा स्कूल बस फसेपछि स्थानियको चार घण्टाको प्रयासले सफल उद्धार, पुल अभावमा जनजीवन प्रभावित

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, असोज २१, सिराहा । सिराहा जिल्लाको धनगढीमाई १२ स्थित सरे खोलामा सुख्खा बालुवामा स्कूल बस फस्दा करिब चार घण्टासम्म स्थानिय बासिन्दाको सहयोगमा तानिएको छ। खोलामा पुलको अभावका कारण बारम्बार यस प्रकारका समस्या उत्पन्न भइरहेको छ।

सरे खोलामा पुल निर्माणका लागि सङ्घीय सरकारमार्फत पटक-पटक अनुगमन भए तापनि हालसम्म पुल बन्न सकेको छैन। बर्षाको समयमा आवतजावत गर्न कठिनाई हुने यस खोलामा आउने बाढीले किसानका खेतबारीमा लगाइएको तरकारी बालीनाली नष्ट गर्ने समस्या देखिँदै आएको छ। साथै, बाढीको समयमा बिरामीहरूलाई समयमा अस्पताल पुर्‍याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ।

स्थानिय सरकारले पुल निर्माणका लागि पहल गरे पनि सरकार फेरबदल भइरहँदा काममा अवरोध भइरहेको स्रोतले जनाएको छ। विभिन्न पार्टीका नेताहरू सरे खोलाको किनारमा आएर ठूला भाषण गरे तापनि हालसम्म कुनै ठोस कार्य नभएकोले स्थानिय बासिन्दा निराश भएका छन्। चुनावी नारामात्रै बाँड्ने नेताहरूको व्यवहारप्रति स्थानीयहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *