प्राकृतिक सौन्दर्य बोकेको विगु गाउँपालिका

0Shares

प्राकृतिक सौन्दर्य बोकेको विगु गाउँपालिका ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ २६ । वागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल बिगु गुम्बाको नामबाट नामकरण गरिएको विगु गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् |

पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, उत्तरमा विशाल चिन र दक्षिणमा कालिन्चोक गाउँपालिका रहेको छ | दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ३३ कि.मि. उत्तरमा ६६३.२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको ब्यापारिक केन्द्र सिंगटी बजार मुख्य प्रवेशद्वारको रुपमा रहेको छ ।

जलस्रोत, पर्यटन र जडीबुटिले सम्मुनत यस गाउँपालिकामा निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशी (४५६ मेगावाट), सिंगटी हाइड्रोपावर (२५ मेगावाट), पर्यटकीय स्थलहरु बिगु गुम्बा, देउढुंगा, बौलाहा पोखरी, देउलाङ्गेश्वोरी महादेव, तातोपानी कुण्ड, गोंल्मा राजा दरबार, ठाडोखोला महादेव आदि लाई मुख्य पर्यटन प्रबर्द्धन तथा आर्थिक सम्रिद्दीका आधारको रुपमा लिइन्छ |

गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने यस गाउँपालिकामा यार्सागुम्बा, पांचऔले, सर्पगन्ध, चिराईतो, धुपी आदि जडिबुटीजन्य, आलम्पू ढुंगाखानी, बुलुङ तामाखानी जस्ता खनिजजन्य तथा आलु, गहुँ, मकै, कोदो, धान आदि बालिजन्य बस्तुहरुको पनि प्रचुर सम्भावना रहेकोले आर्थिक बिकासमा थप टेवा पुर्याउने देखिन्छ |

साविकका लामाबगर , ओराङ,बुलुङ
,लादुक , चिलंखा , आलम्पू बिगु र
खोपाचागु मिलाएर विगु गाउँपालिका बनाइएको हो ।

प्राकृतिक सुन्दर र मनोरम प्राकृतिक दृश्यले सजिसजाउ विगु गाउँको हरियाली गरा सहितको खेत र पहाडी भू भागले सु सज्जित गाउँ आकर्षणको उत्कर्षमा पुगेको भान सजिलै अनुभव गर्न सकिन्छ ।

बस्तीका मनोरम प्राकृतिक सौन्दर्य भित्र अटाएका रंगी विरंगी घरहरू र विगु गुम्बाको धार्मिक आस्थामा डुबुल्की मारेको विगु गाउँको जति वर्णन गरे पनि थोरै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *