हुलाकी राजमार्गको काममा ढिलाई जनप्रतिनिधि सहित स्थानिय धर्नामा ।।।

0Shares

हुलाकी राजमार्गको काममा ढिलाई जनप्रतिनिधि सहित स्थानिय धर्नामा ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ २४ । जिल्ला प्रशासन कार्यालय पछिम नवलपरासी अगाडि हुलाकी राजमार्ग निर्माणको मुख्य मागसहित स्थानिय जनप्रतिनिधि सहित आम जनता धर्ना कार्यक्रमलाई अगाडि सारेका छन ।

हुलाकी राजमार्ग तराईका २० जिल्ला जोड्ने दुई लेनको सडक हो । करिब १,७९२.४२ किमी (१,११३.७६ माइल) लम्बाई रहेको यी राजमार्ग राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिड्ने छोटो बाटो जसलाई पद्मशमशेरले निर्माण गर्न लगाएका थिए ।

नेपालको पूर्व पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी लोकमार्ग पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागसम्म रहेको छ ।

यस आयोजनाको कूल लागत अनुमान करिव ४७२७ करोड रहेको छ । नेपाल सरकार तथा भारत सरकारबाट प्राप्त हुने अनुदान रकमबाट लागत व्यहोरिने भनिएको छ ।

आ.व. २०६५/६६ मा शुरु भई आ.व. २०७४/७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आ.व. २०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको अन्त्यमा कूल १६६३ कि.मि.कालोपत्रे सडक र १२५ वटा पूलहरूको निर्माण हुने अनुमान छ ।

तराईको जिल्लाहरूलाई समेट्ने गरी बन्न लागेको हुलाकी सडक निर्माणको काम ढिलो हुँदा स्थानीयले सास्ती पाएको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहित जिल्लाका राजनीतिक दल र सरोकारवालाहरुले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका थिए ।

हुलाकी सडक निर्देशनालय अन्तर्गत गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि पालिकाले तत्काल कामलाई अगाडि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि पालिका अध्यक्षको नेतृत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसहित धर्ना दिएको बताइएको छ ।

यसअघि प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले संघ सरकारलाई पत्राचार गर्दै १५ दिनभित्र काम अगाडि नबढाएमा धर्ना र आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

सडक निर्माणका क्रममा खनिएका खाडलले गर्दा हिउँदमा धूलो र वर्षामा हिलोले दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *