सिन्धुलीमा कमला नदीको बाढीले खतरा तह पार गर्‍यो

0Shares

सिन्धुलीमा कमला नदीको बाढीले खतरा तह पार गर्‍यो

थाङमिचागु डटकम संवाददाता

सिन्धुली : बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण कमला नदीमा आएको बाढीले खतराको तह पार गरेको छ। कमलामाई नगरपालिका-१४ रानीबासमा रहेको जलमापन केन्द्रमा बुधबार साँझ ७ बजेर ४० मिनेट जाँदा गरिएको मापनअनुसार कमला नदीको बाढीको तह तीन मिटरभन्दा माथि पुगेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार कमला नदीमा तीन मिटरसम्मको तहलाई खतरा मानिएको छ। नदीमा बाढीले खतराको तह पार गरेपछि कमलामाई नगरपालिका र दुधौली नगरपालिका जोखिममा परेको छ। कमलामाई नगरपालिकाको १३ र १४ स्थित माथिल्लो रानीबास र तल्लो रानीबास, दुधौली नगरपालिकाको निपाने, हत्पते, डकाहा, हर्षाही, टाँडी, दुधौलीलगायतका क्षेत्र उच्च जोखिममा परेका छन्।

वर्षा अझै नरोकिएकाले डुबान हुने क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै सिन्धुली र मकवानपुर जिल्लाको सीमाना भई बग्ने बागमती नदीमा पनि बाढी बढिरहेको छ। तिनपाटन गाउँपालिकास्थित चँदाहा खोलामा पनि बाढीको सतह बढेको छ। मरिण नदीमा पनि बाढी बढेकाले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *