भीमेश्वरमा सर्पको टोकाइबाट भक्तबहादुर थामीको ज्यान गयो
2026-07-18निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17
पर्यटकीय स्थलको रूपमा दोलखाको विगु गाउँपालिका ।।।
पर्यटकीय स्थलको रूपमा दोलखाको विगु गाउँपालिका ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल
बागमती प्रदेशको हिमाली जिल्लाको रूपमा रहेको दोलखा जिल्लाको विगु गाउँपालिका करिब ६६३.२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, उत्तरमा विशाल चिन र दक्षिणमा कालिन्चोक गाउँपालिका रहेको यस पालिकाको नामाकरण विगु गुम्बाको धार्मिक स्थलको नामबाट नामाकरण गरिएको हो ।
सदरमुकाम चरिकोटबाट करिव ३३ कि.मि. उत्तरमा अवस्थित यस गाउँपालिकाको मुख्य ब्बयापारिक केन्द्र सिंगटी बजार रहेको छ ।
गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने यस गाउँपालिकामा यार्सागुम्बा, पांचऔले, सर्पगन्धा,चिराईतो, धुपी लगायतका जडिबुटीजन्य वस्तुहरू पाईन्छ ।
जम्मा ८ वटा वडाहरु रहेको यस गाउँपालिकाको नामाकरण प्रसिद्ध धार्मिक स्थल विगु गुम्बाको नामबाट नामाकरण गरिएको छ ।
जलस्रोत, पर्यटन र जडीबुटिले भरिएको यस गाउँपालिकामा निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशी (४५६ मेगावाट), सिंगटी हाइड्रोपावर (२५ मेगावाट), पर्यटकीय स्थलहरु बिगु गुम्बा, देउढुंगा, बौलाहा पोखरी, देउलाङ्गेश्वोरी महादेव, तातोपानी कुण्ड, गोंल्मा राजा दरबार, ठाडोखोला महादेव आदि लाई मुख्य पर्यटन प्रबर्द्धन तथा आर्थिक सम्रिद्दीका आधारको रुपमा लिइन्छ |
साभार





