नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
जनताको सास्ती हटाउँदै वडा अध्यक्ष अमित ठकुरी व्यक्तिगत खर्चमा जसिवि लगाए मडयान सडकमा ।।।
जनताको सास्ती हटाउँदै वडा अध्यक्ष अमित ठकुरी व्यक्तिगत खर्चमा जसिवि लगाए मडयान सडकमा ।।।
जीतेश मण्डल, भदौ १६ । सिराहा जिल्लाको भौगोलिक रूपमा विकट पहाडी भूभागको रूपमा रहेको धनगढीमाई १४ का समग्र विकाशको रेखा कोर्ने व्यक्तित्व हुन वडा अध्यक्ष अमित ठकुरी ।
“वडाको सिफारिस करिब तीन महिना अघि गरेपनि निकायले सुनुवाई नगरेपछि वडा अध्यक्ष अमित ठकुरीले आफ्नै व्यक्तिगत खर्चमा बाटो मर्मत सम्भार गराउनु भएको छ “।
भौगोलिक रूपमा अतिनै जटिल भूगोल रहेको यस ठाउँको प्रत्येक बस्ती बस्तीमा बाटो पुगाएर इतिहासको रेखा कोर्न सफल व्यक्तित्व अमित ठकुरीले मात्र यस क्षेत्रको विकास सम्भव हुने पक्का भएको छ ।
वाडाको पूर्वी बस्ती मडयान जाने बाटो लगातारको वर्षाले भत्काएपछि सास्ती भोग्दै आएका स्थानियको समस्यालाई वडा अध्यक्ष अमित ठकुरीले हटाएका छन् ।
आम जनताको हितमा रहेर काम गर्दै आएका वडा अध्यक्ष अमित ठकुरीले स्थलगत अवलोकन गर्दै जेसिवि लगाएर बाटो मर्मत गराउनु भएको छ ।
एक मात्र बजार धनगढीसम्म आउनको लागि सवारी साधनको मुख्य बाटोको रूपमा रहेको गडमे मडयान सडकलाई वर्षाले भत्काएपछि आवत जावतमा कठिनाई हुँदै आएको थियो ।
आम मानिसहरू पैदल यात्रामा घण्टौं हिँड्न विवस रहेको अवस्थामा वडा अध्यक्ष अमित ठकुरीले गरेको कामको प्रशंसा चौतर्फी हुँदै मडयान बासीले सामाजिक सञ्जालबाट धन्यबाद दिइरहेका छन् ।





