मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थलहरूको सञ्चालनले लाखौं पर्यटक भित्राउन सकिने बताएका छन्।
थाङ्मीचागु डटकम सम्बादाता ११ भदौ २०८१ काठमाडौँमा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थलहरूको सञ्चालनले लाखौं पर्यटक भित्राउन सकिने बताएका छन्। मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकहरूसँग भएको छलफलमा उनले यो कुरा व्यक्त गरेका हुन्।
मन्त्री पाण्डेले देश अहिले विभिन्न आर्थिक र अन्य जटिलतामा गुज्रिरहेको बताएर, संकटको अवस्थामा पनि सरकारले पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विभिन्न प्याकेजहरू ल्याएको उल्लेख गरे। उनले सरकारको निर्णयलाई गम्भीरतासाथ लिनुपर्नेमा जोड दिँदै, विमानस्थलहरूको सञ्चालनका लागि नीतिगत, व्यवसायिक, र सुरक्षा सम्बन्धी निरन्तर छलफल गर्न सरकार तयार रहेको बताए।
पोखरालाई पर्यटकीय राजधानीको रूपमा चिनाउँदै, पाण्डेले चीन, भारत लगायतका मुलुकबाट पर्यटकहरू भित्र्याउन सके राज्यले ठूलो मात्रामा राजस्व आर्जन गर्न सक्ने विश्वास व्यक्त गरे। छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरूको उपस्थिति रहेको थियो। मन्त्री पाण्डेले रुट विस्तारका लागि चीन र भारतसँग कूटनीतिक तहमा सरकार अघि बढिसकेको पनि जानकारी गराए।





