मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
काठमाडौँमा वैदेशिक रोजगार विभागले १०० जना कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने म्यानपावर कम्पनीहरूको अनुगमन थालेको छ।
थाङ्मीचागु डटकम सम्बादाता ११ भदौ २०८१ काठमाडौँमा वैदेशिक रोजगार विभागले १०० जना कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने म्यानपावर कम्पनीहरूको अनुगमन थालेको छ। यो अनुगमन म्यानपावर कम्पनीहरूको नवीकरण प्रक्रियामा रहेको संस्थाहरूको स्थलगत अनुगमनको रूपमा गरिएको हो। चार जना निर्देशकको नेतृत्वमा बनाइएको चार वटा टोलीले विभिन्न मापदण्डहरू जाँच्ने क्रममा कार्यालयहरूको अवस्थितिलगायत नागरिक बडापत्र, कर्मचारी उपस्थिति आदि विषयमा ध्यान दिएको छ।
अनुगमनको क्रममा, विभागले ती कम्पनीहरूले किन वार्षिक १०० जना कामदारलाई वैदेशिक रोजगारीमा नपठाएको भनी सोधपुछ गरेको छ। धेरैजसो व्यवसायीहरूले विदेशबाट पर्याप्त माग नआउने, श्रमिकहरूको कमी जस्ता समस्याहरूलाई कारण बताएको जानकारी दिइएको छ।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार, दुई वर्षसम्म वार्षिक १०० जना कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने कम्पनीहरूको नवीकरण नगर्ने व्यवस्था भए पनि, मन्त्रिपरिषद् बाधा अड्काउ फुकुवाको निर्णय अनुसार कम्पनीहरूको नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। हालैको मन्त्रिपरिषद्को निर्णयपछि, खारेजीको अवस्थामा रहेका ३१७ म्यानपावर कम्पनीहरूको नवीकरण हुने भएको छ। विभागले अनुगमन पछि मात्र ती संस्थाहरूको नवीकरण गरिने जानकारी दिएको छ।





