मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Friday, April 17, 2026
सिन्धुलीको कुँडुलेबाट सुनकोशीमा खस्यो जिप
सिन्धुलीको कुँडुलेबाट सुनकोशीमा खस्यो जिप
थाङमिचागु डटकम संवाददाता

८ भदौ, काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ ।
काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार उक्त जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर बाहिर निस्केको जानकारी प्रहरीले पाएको छ ।
हामफालेर बाहिर निस्केका व्यक्तिको खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ जनाको अवस्था अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएपछि सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट १० जनाको टोली खोजीमा खटिएको छ ।





