थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16
गुडिरहेको माइक्रोबसमा ढुंगा खस्दा दुईजना घाइते
गुडिरहेको माइक्रोबसमा ढुंगा खस्दा दुईजना घाइते
थाङमिचागु डटकम संवाददाता

भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खस्दा दुईजना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुंगा खस्दा देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् । दुवैजना सोही माइक्रोबसका यात्रु हुन् ।
घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरुको अवस्था सामान्य छ ।
माथिबाट ढुंगा खसेर माइक्रोबसमा समेत क्षति पुगेको छ । उक्त सडकखण्डमा वर्षाको समयमा पटकपटक पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति हुँदै आएको छ ।
दुई दिनदेखि चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले अत्यावश्यकवाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गरेको छ ।





